• बैशाख २३ २०८३, बुधबार

एमसीसी टेबल भएसँगै आन्दोलन झनै चर्कियो, बिजुली बजारमा चल्यो गोली

फाल्गुन ८ २०७८, आईतवार

काठमाडौँ। एमसिसी संसदमा पेस भएसँगै काठमाडौँमा आन्दोलन झनै चर्किएको छ । एमसिसीको विरोधमा उत्रिएका प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले रबरको गोली समेत चलाएको छ।

प्रहरीले दर्जनौँ  राउन्ड अश्रु ग्यास र पानीका फोहरा समेत प्रहार गरेको थियो । झडपका क्रममा माअ‍ोवादी निकट अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहसहित केही प्रदर्शनकारी र प्रहरी घाइते भएका छन् ।

प्रदर्शनकारी निषेधित क्षेत्र तोडेर आगाडी बढेपछि अवस्थाले ऊग्ररुप लिएको हो  ।