• बैशाख २१ २०८३, सोमबार

संसदमा एमसिसी टेबल भएपछि प्रधानमन्त्री देउवाले भने- अब पास हुन्छ

फाल्गुन ८ २०७८, आईतवार

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना एमसिसी अब पारित हुने बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा एमसिसी सम्झौता टेबल भएपछि बैठकबाट बाहिर निस्कने क्रममा सञ्चारकर्मीहरुले उनलाई एमसीसी कहिले पास हुन्छ भनी प्रश्न गरेका थिए । जवाफमा उनले भने, ‘अब पास हुन्छ ।’