काठमाडौँ। नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आजको संसद् बैठकमा एमसिसी टेबल गर्ने शीर्ष नेताहरूको निर्णयप्रति कडा आपत्ति जनाएका छन्।
एमसिसी संसदमा टेबल गर्ने सहमतिपछि प्रतिक्रिया दिँदै खनालले भने ‘कहाँ टेबल गर्छन् अरे, उनीहरूको भान्छा घरमा? संसद् त चल्दैन कहाँबाट टेबल हुन्छ?, ‘हाम्रो पार्टीको निर्णय त्यस्तो छैन।’
संसदमा एमसिसी टेबल गर्ने राष्ट्रघाती कदम भएको उनको भनाइ छ।