काठमाडौँ। आइतबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा संसद बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर गर्दै आएको विरोध कायमै राख्ने जनाएको छ । एमालेका सचेतक विशाल भट्टराईले संसदमा पूर्ववत् कार्यक्रम कायम रहने बताए ।
मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) संसदमा टेबुल गर्ने विषयमा सत्ता गठबन्धन सहमति नजिक छ । तर, एमालेले भने अहिलेसम्म पुरानै कार्यक्रम यथावत् राख्ने जनाएको हो ।
संसद सुचारुका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि छलफल गर्दै आएका छन् ।