• बैशाख २१ २०८३, सोमबार

प्रतिनिधिसभा बैठकको कार्यसूचीमा परेन एमसीसी

फाल्गुन ७ २०७८, शनिबार

काठमाडौं । संघीय संसद सचिवालयले प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ ।

आइतबार दिउँसो १ बजे बस्नेगरी संसद सचिवालयले बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको हो । जसमा अमेरिकी सहयोग परियोजना (एमसीसी) भने परेको छैन ।

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय समावेशी आयोगको प्रतिवेदन २०७७/०७८ पेश गर्नेमात्रै कार्यसूची रहेको छ । सत्ता गठबन्धनमा सहमति नजुट्दा एमसीसी टेबल हुन सकेको छैन ।