• बैशाख २१ २०८३, सोमबार

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक स्थगित

फाल्गुन ६ २०७८, शुक्रबार

काठमाडौँ। नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक फेरि स्थगित भएको छ । फागुन ८ र ९ गतेलाई बोलाइएको बैठक आगामी फागुन २० गतेसम्मका लागि स्थगित भएको हो ।

विशेष राजनीतिक परिस्थितिका कारण बैठक स्थगित गर्नुपरेको माओवादी केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए।