काठमाडौँ। अमेरिकी सहायता परियोजना एमसिसीविरुद्ध शुक्रबार पनि प्रदर्शन जारी छ । नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका कार्यकर्ताहरु प्रदर्शनमा उत्रिएका छन्।
उनीहरुले एमसीसीविरुद्ध चर्का नाराबाजी गरेका छन् । प्रदर्शनकारीहरुले ‘एमसिसी चाहिंदैन, देश बेच्न पाइँदैन’जस्ता नारा लगाएका छन्। सडकमा टायर समेत बालेर प्रदर्शन गरिएको छ।
आन्दोलनलाई नियन्त्रणमा ल्याउन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। प्रहरीले निषेधित क्षेत्रभित्र प्रदर्शनकारीहरूलाई प्रवेश गर्न दिएको छैन।
यसअघि बुधबार पनि बानेश्वर क्षेत्रमा प्रदर्शन भएको थियो।