• बैशाख २१ २०८३, सोमबार

बालुवाटारमा पाँचदलीय गठबन्धनको बैठक सुरु

फाल्गुन ५ २०७८, बिहीबार

काठमाडौँ। सत्तारुढ पाँचदलीय गठबन्धनको बैठक बालुवाटारमा सुरु भएको छ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)का विषयमा छलफल गर्न गठबन्धनका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेरअघि सुरु भएको हो ।

बैठकमा प्रधानमन्त्री देउवासहित कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईलगायत गठबन्धनका शीर्ष नेताहरू सहभागी छन् ।