काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीबीच भेटवार्ता भएको छ । बुधबार साँझ ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवा र राजदूत बेरीबीच भेटवार्ता भएको हो ।
भेटवार्तामा प्रधानमन्त्री र राजदूत बेरीबीच एमसिसी कार्यान्वयनका विषयमा छलफल भएको बालुवाटार निकट श्रोतले जनाएको छ ।