काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय पदाधिकारी बैठक आज बस्दै छ। पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार बैठक दिउँसो ३ बजे धुम्बराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ।
बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाअभियोगका विषयमा छलफल हुने प्रवक्ता श्रेष्ठले बताए ।यससँगै अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता र स्थानीय तहको चुनाव, समसामायिक राजनीतिकलगायतका विषयमा छलफल हुने उनको भनाइ छ ।