काठमाडौँ। सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ।
नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बैठक केहीबेर अघि सुरु भएको हो। आजको बैठकमा अमेरिकी अनुदानसम्बन्धी सम्झौता एमसिसी संसद्मा अघि बढाउने विषयमा छलफल हुने नेताहरूले बताएका छन्।
संसद् बैठक भोलिका लागि आह्वान गरिएको छ। भोलिको संसद् बैठकमा एमसिसीलाई अघि बढाउने र पारित गर्ने विषयमा संसदीय दलले निर्णय गर्ने जनाइएको छ। नेपाली कांग्रेस एमसिसी पास गर्ने पक्षमा रहेको छ। यस्तै, सत्ता गठबन्धनमा आबद्ध तीन दलका तर्फबाट दर्ता गराइएको महाअभियोग प्रस्तावका विषयमा पनि बैठकमा छलफल हुनेछ।
कांग्रेससहित सत्ता गठबन्धनका ९८ जना सांसदहरूले आइतबार प्रधानन्यायाधीश जबराविरुद्ध संसद सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गरेका थिए।