• बैशाख २१ २०८३, सोमबार

सभामुखले बोलाएको सर्वदलीय बैठक एमालेद्वारा बहिष्कार

फाल्गुन २ २०७८, सोमबार

काठमाडौँ। सभामुख अग्निप्रसाद सापकोटाले आज सोमबारलाई बोलाएको सर्वदलीय बैठक प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बहिष्कार गर्ने भएको छ । महाभियोग दर्ता भएपछि महाभियोग परामर्श समिति गठन गर्न सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएका हुन् ।

सभामुखले बोलाएको सर्वदलीय बैठक एमालेले बहिष्कार गर्ने एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले जानकारी दिए ।

‘एमाले त्यो बैठकमा जाँदैन । किनभने सभामुखप्रति हाम्रो असहमति रहँदै आएको छ । उहाँसँगै असहमति रहिरहेका बेला फेरि उहाँले नै बोलाएको बैठकमा जानुको अर्थ रहँदैन’ उनले भने