काठमाडौँ। सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले आज (सोमबार )फुलकोर्ट बैठक बोलाएका छन्।
महाअभियोग लागेर प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा निलम्बित भएपछि कायम मुकायम प्रधान न्यायाधीश बनेका कार्कीले सोमबार दिउँसो १ बजे बस्ने गरी फुलकोर्ट बैठक बोलाएका हुन् ।
आजको बैठकमा राणालाई महाअभियोग लागेपछि विकसित घटनाक्रमबारे छलफल हुने बताइएको छ।