काठमाडौं । महाअभियोगको प्रस्ताव दर्तासँगै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा स्वतः निलम्बनमा परेपछि सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपककुमार कार्की कायम मुकायम प्रधानन्यायाधीश बन्ने भएका छन् ।
कार्कीले संवैधानिक परिषदको, न्याय सेवा आयोग, न्यायपरिषद्को पनि कामु अध्यक्ष भएर काम गर्न पाउने छन् ।
सर्वोच्च अदालतमा निलम्बनको पत्र पुगेपछि वरिष्ठतम न्यायाधीश कार्की स्वतः कार्यबहाक प्रधानन्यायाधीशको रुपमा कायम हुनेछन् ।
संविधानको धारा १०१ (६) अनुसार, महाअभियोगको प्रस्ताव टुंगो नलागेसम्म कुनै कामकार्बाही गर्न पाइँदैन ।