• बैशाख २१ २०८३, सोमबार

गठबन्धनका तीन शीर्ष नेताबीच छलफल हुँदै

माघ २९ २०७८, शनिबार

काठमाडौँ। सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच आज छलफल हुँदैछ । प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच छलफल हुन लागेको हो।

छलफलको केन्द्रमा अमेरिकी सहयोग परियोजना एमसीसीको विषय रहेको बताइएको छ । अमेरिकाले यहीँ फेब्रुअरीभित्र जसरी पनि एमसीसी पारित गर्न दबाब दिइरहेको बेला सत्तारुढ दलभित्र नै एकमत बन्न सकेको छैन ।

मूलतः सरकारको नेतृत्व गरिरहेको कांग्रेस एमसिसी पास गराउनुपर्ने पक्षमा छ । आउँदो प्रतिनिधि सभा बैठकमा सरकारले एमसिसी टेबल गर्ने तयारी गरिरहेको र यसैका लागि गठबन्धनमा सहमति खोजिरहेको बुझिएको छ ।

यसका साथै आगामी वैशाखमा तोकिएको स्थानीय तहको चुनवलगायत विषयमा छलफल केन्द्रित हुने बताइएको छ ।