• बैशाख २१ २०८३, सोमबार

गठबन्धन तोडेर होइन, यिनीहरूसँग लडेरै बहुमत ल्याउँछौं : ओली

माघ २८ २०७८, शुक्रबार

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धन तोडेर नभई गठबन्धनसँग लडेरै आगामी चुनावमा आफ्नो पार्टीले बहुमत ल्याउने दाबी गरेका छन् ।

शुक्रबार एमालेले आयोजना गरेको स्थानीय तह निर्वाचन केन्द्रित प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै ओलीले आगामी तीनै तहको चुनावमा सत्तारुढ गठबन्धन सँग एक्लै लडेर बहुमत सीट जित्ने दाबी गरेका हुन् ।

‘२०७४ सालमा तीन चरणमा स्थानीय चुनावको बेला पनि सत्ता गठबन्धनसँग एक्लै लडेर ४१ प्रतिशत विजय हासिल गरेका थियौं । आउँदो निर्वाचनमा बहुमत ल्याउँछौँ,’ उनले भने।

ओलीले सरकारलाई अब चुनावबाट भाग्न नदिने बताए ।

‘भाग्ने, उम्कने ठाउँ छ, भने खोजे हुन्छ, गठबन्धन तोडेर होइन कायमै राखेर बहुमत प्राप्त गछौं । फेरि पनि कुनै उपाय छ भने खोजे हुन्छ, तर निर्वाचनबाट भाग्न दिँदैनौं । बत्ती निभएर जित्ने, मतपत्र च्यातेर जित्ने सपना नदेखे हुन्छ,’उनले भने ।