काठमाडौँ। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘माओवादीलाई सखाप पार्न खोज्ने प्रतिगमनकारी शक्तिहरू पराजित भइसकेको र जनता विजयी भइसकेका बताएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले माओवादीलाई सखाप पार्न लाग्ने प्रतिगमनकारी शक्तिहरू पराजित भएका बताएका हुन् ।
अध्यक्ष प्रचण्डले भने, ‘माओवादीलाई सखाप पार्न खोज्ने प्रतिगमनकारी शक्तिहरू पराजित भइसके र जनता विजयी भइसकेका छन् ।’ यसका साथै उनले मधेश र लुम्बिनी लगायतका प्रदेशमा माओवादीमा प्रवेश गर्नेको लहर चलेको बताए ।
शान्ति सम्झौतामा हस्ताक्षर गर्ने बेलामा नै मधेशी जनता माओवादीमय भइसकेको बताउँदै उनले थपे, ‘पछिल्लो समय विदेशी शक्तिहरूले मधेशमा माओवादीविरुद्ध भ्रम छरे । मधेशी जनताको अधिकारका लागि भन्दै हिँडेका केपी ओली विदेशी शक्तिको इसारामा चले । मधेशका जनताको भविष्य सुनिश्चित भएको पार्टी माओवादी नै हो ।’