काठमाडौँ। सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ । प्रचण्ड निवास खुमालटारमा बिहीबार बिहान भएको भेटवार्तामा आगामी निर्वाचन, संसद सुचारुलगायतका विषयमा करिब एक घण्टा छलफल भएको काँग्रेस नेता कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले बताए ।
साथै, समसामयिक राजनीतिक विषयमा पनि प्रचण्ड र कोइरालाबीच छलफल भएको बताइएको छ।