काठमाडौँ। सत्तारूढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको छ। अध्यक्ष नेपाल माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भेट्न बुधबार बिहानै उनको निवास खुमलटार पुगेका थिए।
दुई नेताबीच एमसिसी परियोजना, स्थानीय निर्वाचन, संसद् अवरोध, चुनावी मोर्चालगायत विषयमा छलफल भएको बताइएको छ ।