काठमाडौँ। । बुधबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ। संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले एक सूचना जारी गरी बुधबारको सम्भावित कार्यसूची सार्वजनिक गरेका हुन्।
सूचना अनुसार बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन’ पेश गर्नेछन् भने संविधानसभा सदस्य जगतबहादुर ताजपुरियाको निधनप्रति शोक प्रस्ताव पेश हुनेछ।
अहिलेको सर्वाधिक चर्चाको विषय अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी भने संसद बैठकमा पेश गर्ने कार्यसूची छैन ।