• बैशाख २१ २०८३, सोमबार

सभामुख सापकोटाविरुद्ध महाभियोगको प्रस्ताव पनि दर्ता हुनसक्छ : महेश बस्नेत

माघ २५ २०७८, मंगलवार

काठमाडौँ । नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य महेश बस्नेतले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध महाभियोगको प्रस्ताव पनि दर्ता हुनसक्ने बताएका छन् ।

मंगलबार काठमाडौँ आयोजित एक कार्यक्रममा बोल्दै नेता बस्नेतले सभामुखले आफ्नो कदम नसच्याए महाभियोग ल्याउनसक्ने एउटा परिस्थिति सिर्जना हुन सक्ने बताएका हुन् ।

बस्नेतले सभामुखविरुद्ध महाभियोग प्रस्ताव अघि बढाउनको लागि आफूहरु सय जना सांसद जुनसुकै बेला हस्ताक्षर गर्न तयार रहेको पनि दाबी गरे । बस्नेतले सभामुखले सदनमा अभिभावकीय भूमिका निर्वाह गर्नसक्नुपर्ने धारणा राखे ।

त्यस्तै उनले सबैको दबाबका कारण सरकारले वैंशाखमा नै स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेको भन्दै यसलाई सफल बनाउनुपर्ने बताए ।

बस्नेतले सत्ता पक्ष र सरकारले धारणा बनाएपछि मात्रै एमालले एमसिसीका बारेमा धारणा तय गर्ने जिकिर गरे ।