• बैशाख २६ २०८३, शनिबार

इचङ्गुनारायण मन्दिरबाट ४ वटा मूर्ति चोरी

श्रावण २० २०७८, बुधबार

काठमाडौँ। नागार्जुन नगरपालिका–३ मा रहेको इचङ्गुनारायण मन्दिरबाट मूर्ति चोरी भएको छ । गएराती मुल मन्दिरबाट राधा र कृष्णका ४ वटा मूर्ति चोरी भएको हो । मन्दिरको मुख्य भवनको ग्रिल र झ्यालको जाली उप्काएर मुल मूर्तिसँगै रहेका ढलोटका मूर्ति चोरी भएको महानगरीय प्रहरी वृत्त स्वयम्भूले जनाएको छ।

चोरीमा संलग्नको खोजी भइरहेको बताइएको छ।

इचङ्गुनारायणलाई काठमाडौं उपत्यकामा रहेका चार नारायणमध्ये सबैभन्दा कान्छो नारायण भनेर चिनिन्छ ।