• बैशाख २६ २०८३, शनिबार

भारतीय एसएसबी विरुद्ध कपिलवस्तुमा विरोध प्रदर्शन

श्रावण १९ २०७८, मंगलवार

कपिलवस्तु । भारतीय एसएसबी विरुद्ध नेपाल कम्युनिष्ट पार्टी कपिलवस्तुले प्रदर्शन गरेको छ । कपिलवस्तुको बाणगंगामा भएको प्रदर्शनमा सहभागी प्रर्दशनकारीले नेपाल कम्युनिष्ट पार्टीको झण्डा सहित भारतिय साम्राज्यवाद मुर्दावाद , सिमामा भारतीय ज्यादति बन्द गर, लिपुलेक कालापानि हाम्रो हो, नेपाल र नेपाली माथिको हत्या हिंसा बन्द गर, एमसीसी खारेज गर लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

विरोध प्रर्दसनमा महिला बालबालिकासहित जेष्ठ नागरीक पनि सहभागी भएका थिए । सहभागीहरुले कोरोनाको जोखिमलाई मध्यनजर गर्दै माक्स पनि लगाएका थिए ।

सिमा नाकामा सधैजसो नेपालीलाई दुख दिइरहने भारतले अहिले एक नेपाली युवाको ज्यान नै लिएकोले सम्पुर्ण नेपालीको आक्रोस बढेको प्रर्दसनकारीको भनाइ छ । घटना विरुद्ध घोर भ्रत्सर्ना गर्दै घटनाको सत्य छानबिन गर्न पनि प्रर्दसनकारीले सरकार सगँ माग गरेका छन ।

तुइनद्धारा महाकाली नदि पार गर्दै गर्दा भारतिय प्रहरी बल एसएसबी ले तुइन काटिदिदा दार्चुलाका जयसिंह धामि बेपत्ता भएका छन् ।

यस घटनाको नेपालमा अलिे चौतर्फ विरोध हुनुका साथी दोषीलाई हदैसम्मको कारवाही गर्न माग गरेका छन् । स्थानीयबासीले भारतीय एसएसबीले नै तुइन काटिदिदा धामि बेपत्ता भएको दाबी गरेको छन । तर भारतीय पक्षले भने पत्रचार गरेर युवक आफै चिप्लिएर लडेको दाबी गरेको छ ।

आज मात्रै सरकारले उक्त घटनाको छानबिनको लागी छानबिन समिति गठन गरेर दार्चुला पठाइसकेको छ ।