• बैशाख २६ २०८३, शनिबार

काठमाडौं उपत्यकामा साउन २७ गतेसम्म थपियो निषेधाज्ञा

श्रावण १९ २०७८, मंगलवार

काठमाडौं । काठमाडौं उपत्यकामा साउन २७ गतेसम्म (एक साता) निषेधाज्ञा थपिएको छ । मंगलबार बसेको प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा थप एक साता थप्ने निर्णय गरेको हो ।

निषेधाज्ञा अवधिभर सभा, सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, रेष्टुरेन्ट, डान्सबार, दोहोरी, नाचघर, क्लव, स्वीमिङ पुल, मनोरञ्जन स्थान, संग्रहालय, रंगशालामा हुने दर्शक सहितको खेलकुद र मानिसको भीडभाड हुने अन्य कार्यक्रम सञ्चालन गर्न प्रतिवन्ध लगाइएको छ ।

यस्तै खुला स्थानमा मानिसको भेला जम्मा हुन, भीडभाड गर्न, सभा, जुलुस, जात्रा, महोत्सव, भोजभत्तेर आदि गर्न पाइनेछैन ।

यस्तै अवस्थामा संक्रमणको दर बढ्दै गएमा निषेधाज्ञा नियमलाई आगामी दिनमा फेरबदल गर्ने सकिने विषयमा पनि आजको बैठकमा छलफल भएको बताइएको छ। छिल्लोपटक थप गरिएको निषेधाज्ञाको अवधि बुधवार राति १२ पछि सकिँदैछ भने उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू गरिएको थियो ।