• बैशाख २६ २०८३, शनिबार

कुलमानलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्न प्रधानमन्त्रीको निर्देशन

श्रावण १९ २०७८, मंगलवार

काठमाडौं । प्रधानमन्त्री शेरबहादु्र देउवाले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्न निर्देशन दिएका छन् ।

मंगलबार ऊर्जा मन्त्री पम्फा भुसाललाई प्रधानमन्त्री देउवाले प्राधिकरणका पूर्वकार्यकारी निर्देशक घिसिङलाई नियुक्त गर्ने प्रक्रिया सुरू गर्न निर्देशन दिएको बालुवाटार स्रोतले जनाएको छ ।

पूर्वकार्यकारी निर्देशक घिसिङलाई केपी शर्मा ओली नेतृत्वको पूर्वसरकारले नियुक्ति नगरी हितेन्द्रदेव शाक्यलाई कामु तोकेको थियो । उनको आजै राजीनमा माग गरी घिसिङलाई नियुक्ति दिने तयारी गरिएको हो ।