काठमाडौं । मेलम्चीका बाढीपीडितलाई अष्ट्रेलियामा बस्दै आएका नेपालीहरुले सहयोग गरेका छन् ।
मेलम्ची नगरपालिका–११ स्थायी घर भई हाल अष्ट्रेलियामा बस्दै आएका देवराज दुलालको सक्रियतामा सङ्कलित रकममध्ये रु दुई लाख ७५ हजार मेलम्चीका बाढीपीडितहरुलाई सहयोग गरिएको हो ।
एनआरएनए अष्ट्रेलिया सिड्नी, भिजन फर मोटिभेशन असपाली ग्रुप तथा नेपालीहरुबाट सो रकम सङ्कलन गरी बाढीपीडितहरुका लागि पठाइएको वितरणमा सहजीकरण गर्ने चुडामणि दुलालले जानकारी दिए ।
यसअघि नै एनआरएनएबाट नगरको राहत कोषमा जम्मा गरिएको ८५ हजार र आज ५० हजार गरी रु एक लाख ३५ हजार प्रदान गरिएको छ भने बजार व्यवस्थापन समितिलाई ५० हजार र रेडियो मेलम्चीलाई २० हजार प्रदान गरिएको छ । मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्याललाई सोमबार चुडामणि दुलाल र योगप्रसाद दुलालले सो सहयोग राशिको चेक हस्तान्तरण गरे ।
सो अवसरमा प्रमुख अर्यालले सहयोगी सबैलाई धन्यवाद ज्ञापन गरे ।