• बैशाख २६ २०८३, शनिबार

उपत्यकामा जारी निषेधाज्ञा थप कडाइका साथ लम्ब्याउने निर्णय ,मास्क नलगाउनेलाई जरिवाना

श्रावण १८ २०७८, सोमबार

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई थप कडाइसहित लम्ब्याउने निर्णय गरिएको छ ।

सोमबार बसेको जिल्ला संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकले उपत्यकामा खुकुलो निषेधाज्ञासँगै कोरोना संक्रमण फैलिन थालेपछि थप कडाइका साथ निषेधाज्ञा लम्ब्याउने निर्णय गर्दै मास्क नलगाउनेलाई जरिवाना समेत गरिने भएको हो ।

बैठकपछि काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडिओ) कालिप्रसाद पराजुलीले कोरोना संक्रमण फैलिन थालेसँगै निषेधाज्ञामा थप कडाइ गर्ने निर्णय भएको बताए । उनले भने, ‘अब भोलिदेखि नै अनुगमन थाल्दै सार्वजनिक स्थानमा भीडभाड गर्ने र मास्क नलगाउनेलाई जरिवाना तथा कानूनी कार्वाही गरिनेछ ।’

बैठकले सहायक सीडीओको संयोजकत्वमा निषेधाज्ञा अनुगमन समिति पनि गठन गरेको छ । गठन भएको समितिले भोलिदेखि नै काठमाडौं उपत्यकाको सार्वजनिक क्षेत्रहरुको अनुगमन गर्नेछ ।