काठमाडौँ। म्याद गुज्रिएको कस्मेटिक सामाग्रीमा नयाँ मिति राखेर बजारमा पठाउने गोदाममा प्रहरीले छापा मारेको छ । उपभोक्ता हित संरक्षण मञ्च र महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको सानो भर्याङस्थित एक गोदाममा छापा हानेको हो ।
भ्यास्लिन , रुम स्प्रे, विभिन्न क्रिम लगायतका सामग्रीमा नयाँ लेबलिङ गरेर पठाउने गरेको पाइएको महाशाखाका एसपी कृष्ण कोइरालाले बताए । गोदाममा अहिले कामदार मात्र भएको र सञ्चालकको खोजी भइरहेको पनि उनले बताए ।
अहिले संयुक्त टोलीले सामानको जाँच गरिरहेको छ ।