• बैशाख २६ २०८३, शनिबार

तुइन घटनामा भ्रम सिर्जना हुने गरी सूचना सम्प्रेषण नगर्न गृह मन्त्रालयको आग्रह

श्रावण १६ २०७८, शनिबार

काठमाडौं । गृह मन्त्रालयले तुइन घटनाबारे भ्रम सिर्जना हुने गरी सूचना सम्प्रेषण नगर्न आग्रह गरेको छ ।

तुइन घटनाबारे मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले शनिबार विज्ञप्ति जारी गर्दै घटनाको सथ्यतथ्य पुष्टि भइनसकेको अनुसन्धान तथा छानबिन जारी रहेकोले भ्रम सिर्जना हुने सूचना तथा समाचार सामग्री प्रकाशन नगर्न सम्बन्धित सबैमा आग्रह गरेको हो ।

दार्चुलाको व्यास गाउँपालिका–२ बाट तुइन प्रयोग गरी भारततर्फको बाटो हुँदै सदरमुकाम खलंगा आउने क्रममा शुक्रबार भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन काटिदिँदा स्थानीय ३३ वर्षीय जयसिंह धामी महाकाली नदीमा बेपत्ता छन् । उक्त घटनाप्रति दुस्ख प्रकट गर्दै मन्त्रालयले स्थानीय प्रशासन एवं सुरक्षा निकायहरुलाई वास्तविकता पत्ता लगाउन आवश्यक निर्देशन दिइसकेको र सत्यतथ्य जानकारी तथा खोज उद्धारको लागि जिल्ला प्रशासन कार्यालय, दार्चुलाबाट नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागको टोली खटिइ घटनास्थलमा आवश्यक जाँचबुझ गरिरहेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

टोली फर्किए पश्‍चात् यथार्थ जानकारी प्राप्त हुने पनि प्रवक्ता पोखरेलले विज्ञप्तिमा लेखेका छन् ।