काठमाडौं । अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) खारेजीको माग गर्दै माइतीघरमा विरोध प्रदर्शन गरिएको छ ।
स्वतन्त्र राष्ट्रिय अभियान नेपालले शनिबार एमसीसी राष्ट्रको हितमा नभएको भन्दै विरोध प्रदर्शन गरिएको हो ।
एमसीसी राष्ट्रको हितमा नरहेको भन्दै यसलाई खारेज गर्नुपर्ने बताउदै प्रदर्शनकारीले एमसीसी चाइँदैन आमा बेच्न पाइँदैन, राष्ट्रघातीहरु होसियार, एमसीसी सांसदहरु होसियार लगायतका व्यानर प्रदर्शन गरेका थिए ।
एमसीसीलाई अघि बढाए चुप लागेर नबस्ने चेतावनी दिंदै प्रदर्शनमा सहभागीहरुले एमसीसी अहिलेको प्राथमिकता नभएको भन्दै विरोध गरेको बताए ।