• बैशाख २६ २०८३, शनिबार

४ कम्युनिस्ट पार्टीद्धारा तुइनकाण्डका दोषी भारतीय एसएसबीमाथी कारबाहीको माग

श्रावण १६ २०७८, शनिबार

भारतीय सीमा सुरक्षा बलका कारण महाकाली नदीमा खसेर दार्चुलाका जयसिंह धामीको ज्यान गएकोप्रति नेपालका ४ कम्युनिस्ट पार्टीले कडा विरोध जनाएका छन् ।

उनीहरुले धामीले तुइनको माध्यमबाट महाकाली नदी तर्न लाग्दा भारतीय एसएसबीले तुइन फुस्काइदिएका कारण धामी महाकालीमा खसेर बेपत्ता भएको भन्दै तत्काल सो घटनाको छानबिन गरी दोषीलाई कारवाही गर्न माग पनि गरेका छन् । नेकपा (क्रान्तिकारी) माओवादी, नेकपा, नेपाल कम्युनिस्ट पार्टी र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालले संयुक्तरुपमा विज्ञप्ति निकाली यस्तो विरोध जनाएका हुन् ।

यो घटनालाई ती पार्टीले अमानवीय, आततायी र बर्बरतापूर्ण भन्दै भारतीयको नेपालप्रतिको हेपाहा प्रवृति भएको ठहर गरेका छन् । उनीहरुले नेपाल सरकारलाई सो घटनाको छानबिन गर्न माग गर्दै नेपाली जनतालाई भारतीयको हेपाहा प्रवृतिको डटेर सामना गर्न आह्वान गरेका छन् ।

४ पार्टीको विज्ञप्तिमा सो घटनाको उचित छानबिन गरी दोषीलाई कारवाही र पीडितलाई क्षतिपूर्ती नदिए कडा संघर्षमा जाने चेतावनी पनि

दिइएको छ ।