• बैशाख २६ २०८३, शनिबार

एमाले स्थायी समिति बैठक बस्दै

श्रावण १६ २०७८, शनिबार

काठमाडौं । नेकपा एमालेले पार्टीको स्थायी कमिटी बैठक बोलाएको छ । तुलसीलाल स्मृति प्रतिष्ठानमा शनिबार दिउँसो ३ बजेका लागि बैठक बोेलाइएको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

तामाङका अनुसार केन्द्रीय विभागहरुको पूर्णता, विधान महाधिवेशन तयारी र सदस्यता नवीकरण लगायतका विषय छलफलका एजेन्डा रहेको छन् । असार १९ गते बसेको एमाले केन्द्रीय कमिटी बैठकको निर्णय भएका उक्त विषयमाथि आज छलफल हुन लागेको हो ।

केन्द्रीय कमिटी बैठकले विभागको पूर्णता दिने र साउन २५ देखि २७ गतेसम्म विधान महाधिवेशन गर्ने निर्णय गरेको थियो । त्यसका लागि महाधिवेशनका लागि अध्यक्ष केपी ओलीलाई राजनीति प्रतिवेदन, महासचिव ईश्वर पोखरेललाई साङ्गठनिक, उपमहासचिव विष्णु पौडेललाई विधान र नेता रामबहादुर थापा बादललाई व्यवस्थापनको जिम्मेवारीमा दिइएको छ ।

यस्तै एमालेले पार्टी सदस्यता नवीकरण असार मसान्तसम्म गर्ने र केन्द्रीय कार्यालय अन्तिम नामावली साउन ५ गतेसम्म दिने निर्णय गरेको थियो । योबीचमा वरिष्ठ नेता माधव नेपाल पक्षसँग सहमतिको प्रयास हुँदा उक्त काम प्रभावित भएको थियो ।

आजको बैठकबाट असार १९ गतेको केन्द्रीय कमिटीले गरेका निर्णय कार्यान्वयन लैजाने तामाङको भनाइ छ ।