कर्णाली नदीमा जीप खस्दा २ जना बेपत्ता भएका छन् भने ३ जना घाइते भएका छन् । कैलालीको कर्णाली चिसापानी–सोल्टा सडक खण्डको बाकाबाट जीप कर्णाली नदीमा खसेको हो ।
जीपमा सवार पाँच जना मध्य तीन जना बालबालिका सडकबाट सय मिटर तल खसेको अवस्थामा भेटिएको र दुइ जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।
बेपत्ताको खोजी जारी रहेको र ३ बालबालिकाको सामान्य उपचारपछि कोहलपुर लगिएको बताइएको छ। घटनास्थलमा भेटिएको कागजपत्रमा गाडी नम्बर बा ११ च ९३८ नम्बर लेखिएको पाइएको प्रहरीले जनाएको छ ।