• बैशाख २६ २०८३, शनिबार

नेकपा पाल्पाले चलायो जनसंगठन सुदृढ अभियान

श्रावण १५ २०७८, शुक्रबार

मुक्ति गैरे, पाल्पा ।
नेपाल कम्युनिस्ट पार्टीको पाल्पास्थित तानसेन नगर समितिले जनसंगठन सुदृढ अभियान तिब्र पारेको छ । नगरको १४ वटै वडामा संगठनलाई सुदृढ गरिएको छ भने संगठन विस्तारको क्रमलाई अगाडि बढाइएको छ ।

यसै शिलशिलामा वडा नम्बर १० तेल्घामा कृष्ण नेपालीको नेतृत्वमा ७ सदस्यीय दलित मुक्ति मोर्चा, सीता नेपालीको नेतृत्वमा ९ सदस्यीय अखिल नेपाल महिला संघ क्रान्तिकारी, विजय नेपालीको नेतृत्वमा ११ सदस्यीय युवा संगठन नेपाल र जनपत्रकार संगठनको संगठन निर्माण गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि नगर इञ्चार्ज सुमन लगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।