• बैशाख २६ २०८३, शनिबार

२ कोरियाको पुनर्मिलन बारे छलफल

श्रावण १४ २०७८, बिहीबार

काठमाण्डौ । २ कोरियाली देशको पुनर्मिलनको वातावरण बनाउन युनिर्भसल पिस फडेरेसनको आयोजना सम्मेलन गरिएको छ । एशिया प्रशान्त नेतृत्व र थिंक टयांक २०२२ ग्लोबल फोरमले एशिया व्यासफिक स्तरीय दुई दिने नेतृत्व सम्मेलन सम्पन्न गरेको हो । साउन १३ र १४ गते भर्चुअल सम्मेलनमा उत्तर र दक्षिण कोरियाको पुनर्मिलन र एसिया प्रशान्तमा क्षेत्रमा शान्ति र सुरक्षा विषयमा विभिन्न विभिन्न विज्ञले आफ्ना धारणा व्यक्त गरेका छन् ।

सम्मेलनमा तीन दर्जन बढी राष्ट्रका हजारौं व्यक्तिले सहभागिता जनाए । सम्मेलनमा राष्ट्रका पूर्वराष्ट्रप्रमुख, सांसद, कुटनीतिक विज्ञहरुले सम्बोधन गरे । उनीहरुले २ कोरियाको पुनर्मिलनको बारेमा एक्यवद्धता प्रकट गरे । मा. डा.सुन म्योङ मुन र उनकी पत्नी डा. हाक जा हान मुनले यो शान्ति अभियानको नेतृत्व गरिरहेका छन् ।

सम्मेलनमा बोल्दै नेपालका पूर्व उपराष्ट्रपति परमानन्द झाले दुई कोरियाबीच पुनर्मिलन एक मात्र तरिका हो, जुन मिलनले पृथक परिवारका पीडित हृदयहरुलाई निको पार्छ । कोरियाली प्रायद्वीपको एकीकरणले कोरियाको प्रगतिमा मात्र योगदान पुर्याउँछ भन्ने हैन पूर्वोत्तर एशिया र विश्वको शान्ति र समृद्धिलाई पनि सहयोग पुु्याउने उनको धारणा रहेको छ । झाले एक शान्त र एकीकृत कोरिया जुन युद्धको डरबाट मुक्त हुनेछ जो उत्तरपूर्वी एसियामा आर्थिक विकासको लागि उत्प्रेरक बन्ने दाबी गरे । उनले दुबै कोरियाको एउटै धर्म, समान भाषा, समान संस्कृति र समान परम्परा रहेको बताए ।

पूर्वमन्त्री हिसीला यमीले नेपालको शान्ति प्रकृयाको बारेमा चर्चा गदै विश्वलाई एकतावद्धता गर्ने उपयुक्त माध्यम नै वार्ता र छलफल भएको बताइन् । उनले दुई कोरियालीहरु बीचको प्रगति मध्यस्थतामा कुरा गर्न रसिया र चीनले महत्वपूर्ण भूमिका खेल्नसक्ने बताइन् ।
सम्मेलनमा पूर्वमन्त्री एकनाथ ढकालले कोरियाली प्रायदिपको शान्तिपूर्ण पूर्नमिलनको लागि सामाजिक अभियानहरु सञ्चालन गरेको बताउँदै दुबै कोरियाको एकिकरण विस्तारै सम्भव बन्दै जाने बताए ।

ढकालले दुवै देशका नेताहरुले एक आपसमा पटकपटक भेटवार्ता गर्ने र सम्वन्धलाई थप मजबुद बनाउँदै लैजाने प्रतिवद्धता व्यक्त गरेको बताउँदै यस्ता कार्यक्रम मार्फत कोरियाली प्रायदिपको पुर्नमिलनलाई सहयोग गर्ने बताए । लामो विभाजित र प्राविधिक रुपमा युद्धमा रहेका कोरियाली प्रायद्वीपका राष्ट्रहरुबिच शान्तिमय पुनर्मिलनको व्यवहारिक समाधान खोज्नका लागि समाजका सबै क्षेत्रका विज्ञहरुले आफ्नो अनुभव र अन्तरदृष्टि गरेका थिए । सम्मेलनमा एशिया प्यासफिक क्षेत्रका लाखौं मानिसहरुले सामाजिक सञ्जाल मार्फत् कार्यक्रममा भाग लिएका थिए ।