• बैशाख २६ २०८३, शनिबार

गुल्मीमा जीप दुर्घटना, ३ जनाको मृत्यु

श्रावण १३ २०७८, बुधबार

काठमाडौँ । गुल्मीमा यात्रुबाहक जीप दुर्घटना भएको छ । गुल्मीको शान्तिपुरबाट तम्घास आउँदै गरेको लु १ ज ४५५९ नम्बरको जीप बुधबार मध्याह्न मुसीकोट नगरपालिका ४ स्थित दोभान भन्ने स्थानमा दुर्घटना भएको हो । दुर्घटनामा परि ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । मृतकको सनाखत हुन सकेको छैन ।

अहिले उद्दारका लागि प्रहरी टोली घटनास्थल पुगेको छ भने थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।