• बैशाख २४ २०८३, बिहीबार

सहकारी संस्थाको जीपमा आगजनी 

श्रावण ११ २०७८, सोमबार

बझाङ । जयपृथ्वी नगरपालिका-६ नौरास्थितमा पार्किङ गरी राखेको आनधरा सहकारी संस्थाको म.१ ज ७८३ नम्बरको जीपमा आइतबार राति आगजनी भएको छ ।

उक्त जीपमा अपरिचित ब्यक्तिले आगजनी गरेको भन्ने खबर प्राप्त हुनासाथ विमानस्थल सुरक्षा गार्ड देवलबाट खटिएको प्रहरीले आगजनीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।