• बैशाख २४ २०८३, बिहीबार

सडक निर्माणले कालिकोट बरातुका जनता हर्षित

श्रावण ११ २०७८, सोमबार

मान्म । कालिकोटका लागि कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०७६ को १ करोड बजेट छुट्टिएको थियो । यसै बजेट भित्रबाट बरातु गाउँदेखि घट्टेखोला सम्मको सडक निर्माण काम आज सम्पन भएको छ ।

यो सडकले कालिकोट सदरमुकाम मान्मबाट बाजुराको साप्पाटा जोड्छ ।

यसको मूल बाटो बरातुहुँदै बदालकोट, जिमजेडी, पचाल झरणा गाउँपालिका, पलाँता गाउँपालिका र बाजुरा जानेछ । यस आर्थिक वर्षमा पनि खाँडाचक्र नगरपालिकाले १ करोड २० लाख बजेट र प्रदेश सरकारले ६० लाख दिएको थियो ।

यसैगरी त्यहाँका जनताले ‘विकासका लागि सरकारको आँखा नपुगेको होकी अथवा हाम्रो मान्छे न भएको हो’ भनेर गुनासो पोखेका छन् ।