• बैशाख २४ २०८३, बिहीबार

राष्ट्रपति र प्रधानमन्त्रीको फोटो दुरुपयोग गरी टिकटक बनाउने पक्राउ

श्रावण १० २०७८, आईतवार

काठमाडौं । प्रधानमन्त्री र राष्ट्रपतिको फोटो दुरुपयोग गरेर टिकटक बनाउने व्यक्ति पक्राउ गरिएको छ ।

झापा मेचिनगर नगरपालिका ६ बस्ने सोम प्रसाद घिमिरेलाई प्रहरी कार्यालय झापाको सहयोगमा पक्राउ गरिएको हो ।

यसबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।