• बैशाख २४ २०८३, बिहीबार

नेपाल मेडिकल काउन्सिलको प्रमाणपत्र किर्ते गर्ने एक जना पक्राउ

श्रावण १० २०७८, आईतवार

काठमाडौँ। नेपाल मेडिकल काउन्सिलको प्रमाणपत्र किर्ते गर्ने एक जनालाई  प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका वडा नं.२ का ३६ वर्षका विजय श्याम रञ्जित छन् । उनलाई काठमाडौं महाजगरपालिका, वडा नंं.३ महाराजगंजबाट आइतबार आज प्रहरीले पक्राउ गरेको हो ।

उनले काउन्सिलको स्थाई दर्ता प्रमाणपत्र नम्बर १०८५५ को प्रमाणपत्रमा छाप लगाई, रजिष्टरकोसमेत किर्ते गरेको सूचनाअनुसार प्रहरीले पक्राउ गरेको जनाएको छ ।

उनलाई लिखित सम्बन्धि कसूर अपराधमा कारबाहीका लागि काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।