काठमाडौं । यातायात व्यवसायीले विभिन्न माग राख्दै सरकारलाई चाबी बुझाएका छन् । यातायात व्यवसायी केन्द्रीय महासंघ नेपालका पदाधिकारीले विभिन्न सातबुँदे माग राख्दै आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमार्फत सरकारलाई चाबी बुझाएका हुन् ।
कोराना महामारी प्रभावले झन्डै चार लाख यातायात व्यवसायी, त्यसमा आश्रित नौ लाख स्वरोजगार व्यवसायी तथा मजदुर एवं पर्यटन यातायात क्षेत्रमा पर्न गएको प्रभावबारे विभिन्न निकायमा मागपत्र बुझाए पनि कुनै निकबायबाट सम्बोधन नहुँदा चाबी बुझाउनुपरेको महासंघले जनाएको छ ।
महासंघले कोभिड खोप सम्बन्धमा, यातायातको भाडा एवं ट्याक्सीको सुरुवाती कल समायोजन सम्बन्धमा, मौद्रिक नीति सम्बन्धमा, २० वर्ष पुगेका सवारीको अवधि थप सम्बन्धमा, यातायातको बिमा छुट सम्बन्धमा, सडक कानुन लागू गर्ने सम्बन्धमा, यातायात कागजपत्र नवीकरण र जरीवाना छुट सम्बन्धमा गरी सात माग अघि सारेको छ।