• बैशाख २४ २०८३, बिहीबार

डिउटीमा खटिएको प्रहरीलाई रड प्रहार गर्न खोज्ने एक युवक पक्राउ

श्रावण ९ २०७८, शनिबार

काठमाडौं । भक्तपुर नगरपालिका-९ च्यामासिंहस्थित डिउटीमा खटिएको प्रहरीलाई रड प्रहार गर्न खोजेको अभियोगमा एक युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने सल्यान घर भएका २२ वर्षीय अजय राउत रहेका छन्।

शनिबार बिहान उक्त स्थानामा महानगरीय प्रहरी वृत्त जगातीबाट डिउटीमा खटिएका प्रहरीलाई अचानक रड प्रहार गर्न खोजे पश्चात् उनलाई रडसहित प्रहरीले पक्राउ गरेको हो।