काठमाडौं । अर्थ मन्त्री विष्णु पौडेलले कोरोना महामारी नियन्त्रणका लागि बजेट आवश्यक भएको भन्दै सांसद केन्द्रित स्थानीय पूर्वाधार साझेदारी विकास कार्यक्रम (जसलाई सांसद विकास काेष भनिँदै आएकाे छ) खारेज गरेको जानकारी दिएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बालुवाटारमा अर्थ मन्त्री विष्णु पौडेलले आउँदो आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै सो कोष खारेज गरेको जानकारी दिएका हुन् ।
चौतर्फी विरोध भइरहे पनि सरकारले आज अध्यादेशमार्फत आउँदो आर्थिक वर्ष २०७८–७९ को लागि बजेट सार्वजनिक गरिरहेको हो ।