• बैशाख १९ २०८३, शनिबार

नेम्वाङ्ग र पौडेलले नेपाललाई भेटे

बैशाख २६ २०७८, आईतवार

काठमाडौँ /

प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली निकटका नेताहरु विष्णुप्रसाद पौडेल र सुवास नेम्म्वाङले वरिष्ठ नेता माधव कुमार नेपालसँग सिंहदरवारमा भेटघाट गरेका छन्। नेता नेपाललाई भेट्न पौडेल र नेम्वाङ सिंहदरवार गएका हुन्।

नेपाल समूहको स्थाई समिति नेताहरुबीच छलफल भइरहेकै बेला पौडेल र नेम्वाङले समय मागेर भेट्न गएका थिए। उनीहरुले भेट्ने समय मागेपनि नेता नेपालले भने स्थाई समितिको बैठक बसिरहेको र त्यसपछि सांसदहरुसँग बैठक बसी सकेर भेट्न सकिने जवाफ दिएको बैठक स्थलबाट एक नेताले बताए।

तर पौडेल नेम्वाङले सांसदहरुको बैठक पहिले नै भेट्न जोड गरेका थिए। विश्वासको मत लिन चाहेपछि प्रधानमन्त्री ओलीले संसद्को विशेष अधिवेशन बोलाइएको छ भने त्यस अगाडी नै माधव नेपाल समूहका सांसदहरुले सामुहिक राजिनामाको तयारी गरेका छन्।

सर्वोच्च अदालतको फैसला अनुसार माओवादी केन्द्र र एमाले अलग भैसकेपछि एमाले पार्टीको संरचना र विधान २ जेठ २०७५ मा अध्यक्ष ओली फर्कन तयार नभएपछि विश्वासको मत दिनु पहिले नै सामुहिक राजिनामा दिने मुडमा नेपाल समूह पुगेको छ।