• बैशाख १९ २०८३, शनिबार

मेचीनगरले पुर्यायो घरघरमै अक्सिजन

बैशाख २५ २०७८, शनिबार

काठमाडौँ/

झापाको मेचीनगर नगरपालिकाले होम आइसोलेसनमा बसेका कोरोना संक्रमितलाई औषधी र अक्सिजन सिलिन्डर आवश्यकता अनुसार घरमै पुर्याउने व्यवस्था मिलाएको छ।

वडा नं ११ धाइजनमा ३० शैयाको आइसोलेसन वार्ड संचालनमा ल्याएको र होम आइसोलेसनममा रहेका संक्रमितलाई चिकित्सकको टोलिले घरमै पुगेरे स्वास्थ्य सेवा प्रदान गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझाले बताए।

‘होम आइसोलेसनमा कुनै असुविधा भोग्नुपर्ने छैन’,ओझाले भने, ‘जुनसुकै समयमा हामि औषधी र सिलिन्डर बोकेर होम आइसोलेसनमा पुग्नेछौं।’ नगरपालिकाले सयवटा हाते अक्सिजन प्याक (डिस्पोजेबल) र ३० वटा अक्सिजन सिलिन्डरको व्यवस्था गरेको छ।

नगरभित्रका एम्बुलेन्स चालकलाई पीपीइ, ग्लोब, स्यानिटाइजर र मास्क उपलब्ध गराएर कोरोना संक्रमितको लागि नि:शुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको समेत उनले बताए।