• बैशाख १९ २०८३, शनिबार

ओलीसँग कुनै सहमति नभएको माधव नेपालको भनाई

बैशाख २४ २०७८, शुक्रबार

काठमाडौँ /

नेकपा एमालेका वरिष्ठ नेता माधब नेपालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग कुनै सहमति नभएको स्पष्ट गरेका छन्। शुक्रबार सामाजिक संजाल मार्फत एक शन्देस दिंदै वरिष्ठ नेता नेपालले ओलीसँग कुनै सहमति  नभएको प्रष्ट गरेका हुन्।

आफूहरु सिद्धान्तनिष्ठ,क्रान्तिकारी नीति र विधीको आधारमा चल्ने एमाले चाहने भन्दै उनले त्यसका लागि वार्ता र लचकता दुवै अपनाउने तर अहिले सम्म कुनै सहमति नभएको बताएका छन्। एमाले पार्टी आफूहरुले निर्माण गरेको पार्टी बताउदै वरिष्ठनेता नेपालले २०७७ फागुन २८ गते र त्यसपश्चात बसेका बैठकहरु र ती बैठकहरुले गरेका निर्णय फिर्ता साथै २०७५ जेठ २ गते भन्दा पहिले कमिटी,विधान र नेतृत्व नै आफूहरुको बटमलाईन भएको समेत स्पष्ट गरेका छन्।

नेता नेपालले यस बारेमाकुनै किसिमको भ्रममा नपर्न,नअल्मलिन र सुदृढ र स-शक्त पार्टी बनाउने महान अभियानमा लागिरहन आफ्ना कार्यकर्ताहरुलाई आव्हान गरेका छन्। नेता नेपालले भनेका छन्, ‘यस सम्बन्धमा कुनै किसिमको भ्रममा नपर्न,नअल्मलिन र सुदृढ र सशक्त पार्टी बनाउने महान अभियानमा लागिरहन आब्हान गर्दछौं।’

माधब नेपालले सामाजिक संजालमा व्यक्त गरेको भनाईको तस्बिर
माधब नेपालले सामाजिक संजालमा व्यक्त गरेको भनाईको तस्बिर