काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली गीत संगीत क्षेत्रका गायक तथा सर्जक प्रेमध्वज प्रधानको निधनप्रति दुःख व्यक्त गरेकी छन् ।
राष्ट्रपति भण्डारीले ट्वीट गर्दै वरिष्ठ गायक प्रधानप्रति श्रद्धाञ्जलिका साथ शोकाकुल परिवारमा समवेदना व्यक्त गरेकी छन् । “नेपाली सङ्गीतको श्रीवृद्धिमा उहाँको योगदानलाई हामी चीरकालसम्म सम्झिरहनेछौंँ ”, ट्वीटमा लेखिएको छ ।