कञ्चनपुर । कञ्चनपुरमा खाद्यान्न तथा तरकारी किन्न जाँदा फेसशिल्ड अनिवार्य लगाउनुपर्ने भएको छ ।
कोरोना संक्रमण बढेपछि कञ्चनपुरमा निषेधाज्ञा लगाइएको छ । बुधबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सूचना जारी गर्दै हाल लागू भएको निषेधाज्ञाको समयमा तरकारी, फलफूल र खाद्यान्न खरिद बिक्री गर्न छुट्टाइएको समयमा ग्राहकहरुको भिडभाड भएकाले अबदेखि अनिवार्य रुपमा मास्क, फेसशिल्ड र पञ्जा लगाउन भनिएको छ । उपभोग्य सामग्री खरिद गर्न जाँदा फेसशिल्ड, मास्क र पञ्जा प्रयोग नगरी अटेर गर्नेलाई कानूनबमोजिम कारवाही गरिनेसमेत कञ्चनपुर प्रशासनले उल्लेख गरेको छ ।
निषेधाज्ञा अवधिमा प्रत्येक आइतबार, मंगलबार र बिहीबार बिहान ६ बजेदेखि ९ बजेसम्म मात्र तरकारी तथा खाद्यान्न खरिद बिक्री गर्न पाइन्छ ।