• बैशाख १९ २०८३, शनिबार

कोभिड उपचार र शव व्यवस्थापनमा खटिनेको मृत्यु भए २५ लाख क्षतिपूर्ति दिइने 

बैशाख २२ २०७८, बुधबार

विराटनगर । प्रदेश १ सरकारले कोभिड–१९ उपचार र शव व्यवस्थापनमा खटिनेको मृत्यु भए २५ लाख क्षतिपूर्ति दिने भएको छ । 

प्रदेश मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले प्रत्यक्ष रूपमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी, चालक, सफाइकर्मी र कर्मचारीहरूका परिवारलाई सो क्षतिपूर्ति दिने निर्णय गरेको हो ।

प्रदेश सरकारद्वारा सञ्चालित कोसी अस्पतालको कोभिड–१९ उपचार केन्द्र, प्रदेश जनस्वास्थ्य प्रयोगशाला र प्रदेश सरकार मातहतका सम्पूर्ण अस्पतालको कोभिड वार्डमा प्रत्यक्ष रूपमा खटिने चिकित्सक, स्वास्थ्यकर्मी, चालक, सफाइकर्मी र कर्मचारीलाई सुरु तलब स्केलको ५० प्रतिशत जोखिम भत्ता दिने निर्णय गरिएको मुख्यमन्त्री शेरधन राईले बताए ।