काठमाडौं । एमाले नेतृ रामकुमारी झाँक्रीले आफूहरुलाई डुबाए ओलीलाई पनि डुबाउने चेतावनी दिएकी छिन् ।
झलनाथ खनाल-माधव नेपाल समूहकी झाँक्रीले बुधबार सामाजिक सञ्जाल फेसबुकमा ओलीतर्फ संकेत गर्दै भनेकी छिन्, ‘हामी त डुब्छौं नै । हामी सत्यनास हुनु नै छ, तिमीलाई पनि लिएरै डुब्छौँ ।’
उनले ओलीको नामै नलिइ थप भनेकी छिन्, ‘यदि तिम्रो सत्यनास हुनबाट र डुब्नुबाट जोगिनु छ भने किनारा खोज । विचार गर, दम्भ, अहंकार र जिद्दी छोड ।’
उनले हिन्दी कहावत पनि जोडेकी छिन्, ‘हिन्दीमा एउटा कहावत छः हम तो डुबेंगे ही सनम्, आपको भी ले डुबेंगे‘ अगर डुब्नें से बच्ना है तो किनारा ढुढों ।’